बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

अभिनेत्री परमिता राणा तेलुगु फिल्म खेल्दै

दैनिक नेपाल २०७६ भदौ ३१ गते ६:५२

काठमाडाैं । अभिनेत्री परमिता आरएल राणाले तेलुगु फिल्ममा खेल्दै छिन् । परमिताले तेलुगु सिनेमामा इन्ट्री गर्न लागेको जानकारी दिएकी छिन् ।

तेलुगू फिल्म इन्डस्ट्रिलाई टलिउड पनि भनिन्छ । तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्ने जानकारी गराएकी छिन् । यसको मतलब परमिता र गोपीचन्दको जोडी पर्दामा जम्नेछ।

बन्न लागेको चलचित्रलाई शुक्रबार हैदरावादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । यही फिल्मबाट बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यू गर्दैछन् ।

बिग बजेटको सिनेमालाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् । आफ्नो तेलुगु डेब्युलाई लिएर निकै उत्साहित बनेको अभिनेत्री परमिताले बताएकी छिन् ।

अर्को वर्षको जुनबाट फिल्मको नियमित छायाँकन सुरु हुनेछ । एक्सन–थ्रिलर जनरामा निर्माण हुने सिनेमामा मणि शर्माले संगीत भर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित