
काठमाडौँ, ३० भदौ । बाराको पचरौता नगरपालिकामा एक महिलाको शव जलाउँदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पचरौता नगरपालिका ७ बेनौली टोलका बच्चु साह तेलीकी ४५ वर्षीय श्रीमती रामरती देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार राति करिब २ बजेको समयमा शंकास्पद रुपमा शव जलाइरहेको भन्ने खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको बाराका प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु स्वाभाविक हो कि हत्या हो भन्ने बुज्नका लागि शव नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।











प्रतिक्रिया