
बिर्तामोड, ३० भदौ । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्षमा गोमेन्द्र महाविद्यालयका सञ्चालक उत्तम खनाल निर्वीरोध अध्यक्षमा निर्वाचित भएका छन् ।
भदौ ३० मा सोमबार बिर्तामोडस्थित सि टी सेन्टर तालिम केन्द्रमा भएको तेश्रो अधिवेसनबाट खनाल सर्वसम्मत निर्वाचित भएका हुन ।
अध्यक्षका प्रत्यासी राजकुमार ओलीले सहमतिको आधारमा खनाललाइ छाडिदिएपछि सर्वसम्मत रुपमा खनालले २ वर्षे कार्यकालका लागि अध्यक्ष बनेको निर्वाचन मण्डलका सम्योजक देवी सगै्रालाले बताए ।
त्यस्तै उपाध्यक्षमा सन्जिव चापाँगाई, रोशन विमली, अमिर लिड्देन र तारा कार्की, महासचिवमा लक्ष्मी गौतम, सचिवमा रघुनाथ थपलिया, कोषाध्याक्षमा शत्रुधन प्रसाद गुप्ता र सहकोषाध्यक्षमा राधा भटराइ निर्विरोध निर्वाचित भएका छन् ।
१९सदस्यीय कार्यसमितीका सदस्यहरुमा लक्ष्मी सापकोटा, टँक सापकोटा, कुल प्रसाद मगर, धु्रव आचार्य, तेजेन्द्र उप्रेती, तेजमणी प्रसाइ, कृति प्रसाइ, लगायत निर्वाचित भएका हुन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रव कुमार सिवाकोटीको प्रमुख आथित्यतामा भएको अधिवेशनमा सामुदायिक प्रहरीलाइ उत्कृष्ठ योगदान पुराउने देवी सग्रौला, सोमा न्यौपाने लगाएतलाइ समेत कदरपत्र सहितले सम्मान गरिएको छ ।
अधिवेशनलाइ, बिर्तामोड उद्योग वाणिज्य सघका अध्यक्ष कुमार भटराइ, बिर्तामोड ४ का वडा अध्यक्ष कुल प्रसाद सग्रौला, जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिनेश मैनाली, लगाएतले शुुभकामना दिँदै झापामै उत्कृष्ट योगदान पुराउने सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रबाट सवैले सिक्न जरुरी रहेको बताएका थिए ।
अधिवेशन केन्द्रका अध्यक्ष अर्जुन मैनालीको सभापतित्वमा तथा महासचिव लक्ष्मी गौतमको सञ्चालनमा सम्पन्न भएको केन्द्रका प्रचार विभाग प्रमुख राजकुमार ओलीले जानकारी दिएका छन् ।












प्रतिक्रिया