१५ कार्तिक २०८३, आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित Quest International College अन्तगर्तको Quest Social Club  का विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकको सहकार्यमा Quest International College अन्तगर्तको Quest Social Club का विद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाई क्रार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।