
काठमाडौँ, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहमतिविपरित प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
काँग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महाराले संसद बैठक असोज १ गते बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
बाँकेको खजुरा घटनालाई लिएर संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग आज सदन खुलाउने विषयमा सहमति भएको थियो । तर, सहमतिवपरित काँग्रेस सदन अवरुद्ध गर्न पुग्यो ।
खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भए पनि सत्तारुढ दल नेकपा कारबाहीका लागि तयार नभएपछि काँग्रेस बिच्किएको हो ।
संसद बैठक सुरु हुनासाथ समय लिएर बोलेकी काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बाँके घटनामा कारबाही प्रक्रिया अगाडि नबढाएसम्म संसद चल्न नदिने बताइन् । उनले कांग्रेसको जागरण अभियानलाई निस्तेज पार्नका लागि बाँकेमा आक्रमण गरिएको आरोप लगाइन् ।
लगतै नेकपाका सांसद नन्न लाल बोलेसँग संसदमा गतिरोधको अवस्था आउन पुगे । उनले वडाध्यक्षको बचाउ मात्र गरेनन्, नेकपाका कार्यकर्ताले काँग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरे । वडा नम्बर १ का काँग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटले विवादमा भएको उनको दाबी छ ।
भुवनसिंहको पक्षमा रहेका चार जना काँग्रेसको कार्यक्रममा भएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै उनले करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न नसक्ने बताए ।
उनले काँग्रेसले गलत आरोप लगाएको भन्दै वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताए ।
त्यसपछि काँग्रेस सांसदहरु उठेर घेराउ गर्न पुगे । पटक पटक बस्न आग्रह गरेपनि उनीहरु नबसेपछि सभामुख महाराले १ गतेसम्मका लागि बैठक नै स्थगित गरिदिएका छन् ।











प्रतिक्रिया