१५ कार्तिक २०८३, आइतबार

युवा संघद्वारा ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश गर्न नदिने भएको छ । युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यता, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले कुनैपनि राजनीतिक दलका गतिविधि र व्यक्तिको वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने नीति राष्ट्रिय युवा संघको नरहेको प्रस्ट पारेका छन् ।

उनले शाहीले पर्यटनमन्त्री लगायतलाई गरेको दुर्व्यवहारप्रतिको आक्रोशमा कास्कीमा त्यस्तो निर्णय भएको हुन सक्ने बताए । सापकोटाले स्थानीय कमिटीहरु आफ्नो तहमा निर्णय गर्न स्वतन्त्र रहेको पनि बताए ।

सापकोटाले मन्त्रीमाथि दुर्व्यवहार गर्ने अधिकार नभएको र त्यो कानुनीरुपमा दण्डनीय भएको पनि उनले बताए ।

यस्तो छ विज्ञप्ति हेर्नुहोस्