
काठमाडौँ, २९ भदौ । शनिबार बिहानदेखि सुरु गरिएको रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकको मर्मतको काम आज पनि निरञ्तरता दिईएको छ ।
नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा झरेको पहिरो हटाउने काम आज बिहानै बाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
सडक खण्डको मैलुङबेसी देखि छोक्कल सम्मको सडक सोह् किलोमिटर मध्ये करिब आठ किलोमिटर सडकमा रहेको अबरोध हटाई सकिएकोले आज साँझ सम्ममा सडक सञ्चालनमा ल्याउने गरी काम गरिएको भण्डारीले बताए ।
संघिय संम्सद मोहन आचार्य बाट चार वटा, गोसाँईकुण्ड गाँउपालिका बाट एउटा, रसुवागढी जलबिद्युत आयोजना र पूर्व सभासद जनार्दन ढकाल बाट एक एक वटा गरि पहिलो दिन आठ वटा एक्स्काभेटर र लोडर प्रयोग गरिएको छ ।
यसै गरि प्रदेस सभा सदस्य, उत्तरगया गाँउपालिका, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयको सहयोगमा सडकको अबरोध हटाउन लागिएको हो ।
सडक खण्ड अन्तर्गत त्रिशूली खोलाको ह्युमपाइप बगाएको र खोचमा निर्माण भएको सडक बाढीले लगेका कारण यस क्षेत्रमा केही कठिनाइ हुने देखिएको छ । चार दिनदेखि आयात तथा निर्यात ठप्प भए पछि मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याउन लागिएको हो ।
राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा ल्याउन समय लाग्ने देखिए पछि तत्कालका लागि मैलुङ तर्फको सडक सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ ।












प्रतिक्रिया