१२ मंसिर २०८३, शनिबार

यस्तो छ आगामी तीन दिनको मौसम, आज मेघ गर्जनसहित वर्षा हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । आज देशका केही स्थानमा दिउँसोपख मेघ गर्जन/चट्याङसहित वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै,  राति पूर्वी तथा मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थान आसपासमा छ भने पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ छ ।

साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको मौसमविद्को शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार यो क्रम अरू दुई/तीन दिन जारी रहने सम्भावना छ ।

महाशाखाका अनुसार यस्तो छ आगामी तीन दिनको माैसम पूर्वानुमान

भाद्र २९ गते आइतबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभरि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३० गते सोमबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभरि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्ययाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३१ गते मंगलबार

दिउँसो : देशभरि सामान्य बदली रही मध्य भूभागगका धेरै स्थानमा साथै पूर्व तथा पश्चिमका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरूमा साथै पश्चिमका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।