बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

पर्यटनमन्त्री योगेश भट्टराईको ‘प्लेन प्रकरण’मा पक्ष र विपक्षको बहस

दैनिक नेपाल २०७६ भदौ २९ गते १०:१०

काठमाडौं, २९ भदौ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार काठमाडौं फर्कने क्रममा बुद्ध एयरको विमान नेपालगञ्ज विमानस्थलमा १५ मिनेट ढिलो भएको विषय पक्ष र विपक्षको बहस सामाजिक सञ्जालमा गर्माएको छ ।

सत्तारुढ नेकपालगायत समर्थकले मन्त्री भट्टराईको व्यवाहारिक पाटोलाई आधार बनाएर प्रतिरक्षा गर्दै सामाजिक अभियन्ताका नाममा सक्रिय रहेका ज्ञानेन्द्र शाहीको टिप्पणीमाथि कडा प्रहार गरेका छन् भने प्रतिपक्ष नेपाली कांग्रेसलगायत राप्रपा समर्थकले भने मन्त्रीको आलोचना गरेका छन् ।

नेकपाकी सांसद तथा अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमारी झाँक्री लेख्छिन्,‘ फलेको रूखको डालीमा नै त हो झटारो हान्ने भनेर सहनु पनि राम्रो होइन । युवा नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईमाथि गरिएको दुब्र्यवहार निन्दा, भत्र्सना र खेदजनक छ । यस्ता पात्र र प्रवृतिलाई निरूत्साहित गर्नु पर्छ ।’

मन्त्री भट्टराईमाथि जाइलागेको भडियो सार्वजनिक गर्ने शाहीमाथि कतिपयले भारतीय एजेन्ट, दरबारीया भएको आरोप समेत लगाएका छन् ।

उक्त प्रकरणमा १५ मिनेट प्लेन ढिलो भएको भन्दै आफ्नो बाध्यात्मक समस्यासमेतलाई उल्लेख गरी मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए । सोही विषयमा पनि कतिपयले असन्तुष्टि जनाउँदै टिप्पणी गरेका छन् ।

त्यसमध्येका राप्रपा नेता राजाराम बर्तौला लेख्छन्,‘ बाध्यतामा परे, मेरो कारणले अरुलाई असुविधा भयो, दुख लागेको छ, क्षमाप्रार्थी छु भन्दिए पुग्ने ठाउँमा पूर्वयुवराजको नाम जोड्दै कथा बुन्न खोजेबाट बुझिन्छ नि । अरु नै बदमास हुन्, पूर्वाग्रहरी हुन्, विरोधी हुन्, षड्यन्त्रकारी हुन्, म त जे छु ठिक छु भन्ने देखियो । आशा लाग्दो मान्छेलाई आग्रा र गाग्राको कुरा फिटिक्कै सुहाएन ।’

अहिले यहि विषयमा धेरैले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् । फेसबुक र ट्वीटरमा टिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित