४ कार्तिक २०८३, बुधबार

बिनुलाई मिस गुरुङ इन्टरनेशनलको ताज

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस गुरुङ इन्टरनेशनल तेश्रो सस्करण को उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा शनिबार देशभरबाट छानिएका १५ जना सहभागी थिए ।

१४ प्रतिस्पर्धीलाई पछाडी पार्दै बिनुले ताज पहिरिएकी हुन् । त्यस्तै फस्ट रनअरअपको ताज ओशिन गुरुङले हात पारिन् भने सेकेन्ड अन्जु गुरुङ भइन् ।

मल्टिमिडियाको ताज मेरिजन गुरुङ हात पार्दा अर्गनाइजर्स च्वाइस गीता गुरुङले हात पारिन् । विजेता बिनुले यमाहाको स्कुटरसँगै अन्य आकर्षक उपाहार पाएकी छन् । बिजेताहरूले बिभिन्न आकर्षक पुरस्कार हरू प्राप्त गरेका छन् ।

मिस गुरुङ इन्टरनेशनलको आयोजक मृगतृष्णा फेसन एण्ड प्रोडक्सन हो भने व्यवस्थापन बी एण्ड बी इभेन्ट मेनियाले गरेको थियो ।