बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

पंजाबमा दुई नेपालीको सडक दुर्घटनामा मृत्यु

दैनिक नेपाल २०७६ भदौ २९ गते ६:२३

नयाँ दिल्ली, २९ भदाै । रोजगारीको सिलसिलामा भारतको पंजाब राज्यस्थित भटिन्डा सहर पुगेका दुई नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

बिहीबार राति करीब १० बजेतिर भएको दुर्घटनामा परेका उनीहरुको स्थानिय सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्ला पाणिनी गाविस ३ का ३५ वर्षीय किशन बहादुर र सितगंगा नगरपालिकाका ३२ वर्षीय विष्णु बहादुर रहेको अखिल भारतीय नेपाली एकता मञ्चका पंजाब सदस्य गोपाल रेश्मीले जानकारी गराएका छन् ।

मोटरसाइकलमा सवार दुई युवाहरू भटिण्डाबाट मण्डी चौपायातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । स्थानीय पेट्रोल पम्पमा साढे नौ बजे उनीहरु पेट्रोल भराएर निस्किएपछि दुर्घटनामा परेको पम्पका कर्मचारीले दिएको जानकारी उद्धृत गर्दै रेश्मीले भनेका छन् ।

दुर्घटनापछि स्थानीय ‘जनसेवा सारा’भन्ने एक संस्थाका स्वंयसेवीहरुले उनीहरुलाई अस्पताल पुर्‍याएका थिए ।

मृतकमध्ये एक स्थानीय होटलमा र अर्का ढावामा कुकको काम गर्ने गरेको बुझिएको छ । उनीहरूको शव अहिले स्थानीय अस्पतालमै राखिएको छ । आफन्त आएपछि मात्रै पोष्टमार्टम गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित