१५ कार्तिक २०८३, आइतबार

रिलायबलको अभिकर्ता अभिमुखिकरण तालिम बुटवलमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बुटवल, २८ भदौ । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय प्रबन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

साथै प्रदेश नं. ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएको क्षेत्रीय कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार चार सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा बिमा के–का लागि र कहिले गर्ने ? कस्तो अवस्थामा गर्ने ? कस–कसले गर्ने ? बिमा गर्दाका फाईदा र नगर्दाका बेफाईदा के ? लगायतका विषयहरुमा अभिकर्तालाई विशेष प्रशिक्षण दिएको थियो ।

त्यसैगरी रिलायबल नेपाल लाईफ ईन्स्योरेन्समा बिमा गर्दा अन्य ईन्स्योरेन्सहरुको भन्दा थप के–कस्ता फाईदाहरु छन् भन्ने विषयमा पनि अभिकर्ताहरुलाई प्रष्ट्याईएको थियो ।

कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने विमा शुल्क छुटको सुविधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु भएमा दिईने सुविधा, घातक रोग सु्विधा, दुर्घटनाका कारणबाट अस्पताल भर्नामा नगद सुविधा, शुलभ जिवन बिमा योजना, मृत्यु लाभ, परिपक्ता लाभ, कर्जा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाको बारेमा बताएका थिए ।

क्षेत्रीय प्रवन्धक थापाले अभिकर्ताहरुलाई जिवनको महत्व र सदुपयोग गर्ने तौर–तरिकाका साथै जिवन बिमा आर्थिक सुरक्षाको लागि मात्र नभएर भविष्यमा तय गरिने योजनाहरुलाई साकार पार्नकोलागि बचत गर्ने सर्वोकृष्ट आर्थिक हतियार भएको धारणा राखे ।

प्रदेश नं. ५ मा १४ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले प्रदेश नं. ५ मै चार वटा शाखा कार्यालयहरु सिघ्र सञ्चालनमा ल्याउँदै छ ।

ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको कम्पनीका विभिन्न स्थानहरुमा ५८ वटा शाखाहरु रहेका छन् ।