१२ मंसिर २०८३, शनिबार

मन्त्री मात्रीका यादवका ज्वाँईको पद धराप

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रीका यादवकी छोरी संगीता साहमाथि सौता थप्ने २ नम्बर प्रदेश सभा सदस्य दिलिपकुमार साहको पद धरापमा परेको छ ।

पत्नी संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दामा धनुषा अदालतले फैसला गरेपछि उनको पद धरापमा परेको हो । साहले बहुविवाह गरेको अदालतको ठहर छ ।

४ भदौमा प्रदेश नम्बर २ को संसद सचिवालयलाई अदालतले फैसला पठाएको थियो । साह सिराहा क्षेत्र नम्बर ४ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

०५७ सालमा संगीतासँग साहको बिहे भएको थियो । धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विनोद मोहन आचार्य र रमेश ढकालको संयुक्त इजलाशले २५ असार २०७६मा जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको छ ।

१३ जेठ, २०७२ मा जिल्ला अदालतले साहलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो । साह उक्त आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।

संगीतालाई धोका दिँदै साहले जानकीकुमारी साहसँग अर्को बिहे गरेका थिए । फैसला गर्दा साहकी दोस्रो पत्नी जानकीकुमारी साहलाई भने सफाई दिएको छ ।

साह दुवै फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन मुद्दासहित हाजिर गरिरहेका छन् ।