
काठमाडौं । नेपालमै भएको सुपरसाइज मोडलमा सहभागीता जनाएर उत्कृष्टता हात पारेकी सुजाता काफ्लेले हालै भारतमा भएको एउटा प्रतियोगितामा दुई वटा अवार्ड हात पारेकी छन् ।

यो सँगै उनी टिकटकमा समेत भाइरल भएकी छन् । भारतको मुम्बईमा सम्पन्न भएको ‘मिशेश इन्डिया वल्र्डवाइड’ प्रतियोगितामा नेपालबाट सहभागी हुन पुगेकी काफ्लेले ‘चेयरमेन्स मिसेस प्रोफेशनल र मिसेस कन्जिनियालिटी’ उपाधी पाइन् ।

त्यसअघि उनी विश्वभर चर्चामा रहेको कमेडी कलाकार कपिल शर्माको ‘द कपिल शर्मा शो’मा पुगेकी थिइन् । बलिउड अभिनेता शनी देवल, धर्मेन्द्रलगायत उपस्थित भएको कार्यक्रममा उनले शनि देवलको डायलग सुनाएपछि उक्त दृश्य टिकटकमा भाइरल समेत भएको थियो ।
वल्र्डवाइड पिजन्टले सहभागीहरूलाई उक्त कार्यक्रममा प्रत्यक्ष सहभागीताका लागि लगेको थियो । उनले सहभागीता जनाएको प्रतियोगितामा १५ देशका स्पर्धी सहभागी थिए ।















प्रतिक्रिया