
पाल्पा, २७ भदौ । तिनाउ गाउँपालिका ३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान लु.१ ज २६१७ नम्बरको जिपमा सडक माथिबाट ढुङ्गा सहितको पहिरोले जिप च्यापिँदा जिपचालककाे मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका बस्ने २६ वर्षीय कमल परियारको घटनास्थलमै मृत्यु भएको छ ।
सोही पहिरोमा परी लु.२ च ५९३८ नम्बरको स्कारपियो समेत च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी दोभानबाट खटिएको संयुक्त टोलीले घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी उपचारको लागि बुटवलतर्फ पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया