सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

नायिकाका हट तस्वीरले मुम्बईमा हँगामा

दैनिक नेपाल २०७६ भदौ २७ गते ६:२९

मुम्बई । बलिउड अभिनेत्री इलियाना डिक्रुज फिल्मका साथै आफ्ना हट तस्बिरका कारण चर्चामा छिन् । उनले आफ्ना हट तस्बिर सेयर गरेकी छन् ।

उनका यी तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् । इलियानाका यी तस्बिरमा फिल्म ‘मैं तेरा हिरो’ मा उनका कोस्टार रहेका वरुण धवनले आकर्षक कमेन्ट गरेका छन् ।

तस्बिरमा इलियानाले सेतो स्विम सुट लगाएकी छन् । तस्बिरको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘वेटिङ फर द सन टु कम आउट।’ इलियानाको यो तस्बिरमा वरुणले थन्डर (चट्याङ) को संकेत पोस्ट गरेका छन् । इलियानाको यो तस्बिरले सोसल मिडियामा लाइक र सेयर धेरै पाएको छ ।

बलिउडका सेलिब्रिटी पनि इलियानाका तस्बिरमा कमेन्ट गरिरहेका छन्। मलाइका अरोराले ‘फायर’ को इमोजी पोस्ट गरेकी छन्। इलियाना अहिले आफ्नो नयाँ फिल्म ‘पागलपंक्ति’ का कारण चर्चामा छिन् ।

फिल्मको निर्देशन अनिश बज्मीले गरिरहेका छन्। यसमा उनको साथमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी र पुलकित सम्राट देखिने छन् ।

प्रतिक्रिया
सम्बन्धित