बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

मुक्तिनाथ विकास बैंक र रुपाकोट रिसोर्टबीच सहकार्य

दैनिक नेपाल २०७६ भदौ २६ गते १३:३६

काठमाडौँ, २६ भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेड काठमाडौँ र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच सम्झौता भएको छ ।

सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको विशेष छुट दिने व्यवस्था भएको छ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रुपाकोट रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित