मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

एनआईसी एशिया बैंककोे तीन नयाँ शाखा सञ्चालनमा

दैनिक नेपाल २०७६ भदौ २५ गते १७:०८

काठमाडौँ, २५ भदौ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा आजदेखि सञ्चालनमा आएको छ ।

मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।

त्यस्तैगरी, विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे । यी शाखा विस्तारसँगै बैंकका ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जनाए ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय तहहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित