शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

एनआईसीको एक्स्टेन्सन काउण्टर र एटिएम २ स्थानमा राख्ने सहमति

दैनिक नेपाल २०७६ भदौ २५ गते ६:१४

काठमाडाैं, २५ भदाै । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरेका छन् ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित