शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

भद्रगोल ‘भद्रगोल’ भएपछि लाईकभन्दा ‘डिस्लाईक’ तेब्बर

दैनिक नेपाल २०७६ भदौ २४ गते १४:२८

काठमाडौँ । चर्चित टेलिफिल्म भद्रगोल ६ हप्तापछि शुक्रबारदेखि पुन: प्रशारणमा आएको छ । तर, सोमबारसम्म आइपुग्दा यूट्यूबमा राखिएको भिडियोमा लाईकभन्दा डिस्कलाईक झण्डै तेब्बर पुगेको छ ।

मिडिया हबले उत्पादन गरि नेपाल टेलिभिजनबाट प्रशारण हुने भद्रगोलप्रति राम्रा प्रतिक्रिया आएका छैनन् । ६ हप्ता बन्द भएर प्रशारण भएको अंकमा पाँडे, जिग्री, बले, कक्रोच, सिते बा, रक्षा, खुपीका बाउ, जयन्ते लगायतका कुनै पनि पात्र छैनन् । यी पात्र भद्रगोलमा निकै रुचाइएका पात्र हुन् ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो ।

मिडिया हबसँगको विवादपछि यी कलाकारहरु भद्रगोलबाट बाहिरिएका छन् । असोज २ गतेदेखि उनीहरु नयाँ सिरियलका साथ आउने तयारी गरहेका छन् । उनीहरुको सिरियल पनि नेपाल टेलिभिजनबाटै प्रशारण हुने पक्का भइसकेको छ ।

गत शुक्रबार प्रशारित भद्रगोलको नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको देखिएको छैन । भद्रगोलको पछिल्लो अंकलाई सोमबारसम्म लाईक गर्नेको संख्या १८ हजार छ भने डिस्लाईक गर्नेको संख्या ४१ हजार पुगेको छ । डिसलाईकको संख्या बढिरहेको छ । त्यस्तै, १४  हजार बढि कमेन्टमा प्राय:ले पुरानै कलाकारका साथ भद्रगोल प्रशारण हुनुपर्ने माग राखेका छन् ।

यस्तो थियो शुक्रबार प्रशारित भद्रगोल :

प्रतिक्रिया
सम्बन्धित