बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

नबिल बैंक तथा इक्यानद्वारा बैंकिङ सुविधाको सहमति गरिएको घोषणा

दैनिक नेपाल २०७६ भदौ २४ गते ११:३५

काठमाडौँ, २४ भदौ । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सहमतिपश्चात नबिल बैंकले इक्यान, इक्यानसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

यस सम्झौता अन्तर्गत बैंकले इक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।

इक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित