शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

कार्तिकसँग फिल्म खेल्ने साराद्वारा अस्वीकार

दैनिक नेपाल २०७६ भदौ २४ गते ९:१२

मुम्बइ । बलिउड नायिका सारा अली खानले भर्खरै मात्र कार्तिकसँग फिल्म खेल्ने प्रस्ताव अस्वीकार गरेकी छिन् ।

कार्तिक छिटै ‘भुलभुलैया २’ मा देखिँदै छन् । यस फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भइसकेको छ । फिल्मका लागि मुख्य भूमिका निभाउने अभिनेत्रीको खोजी भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसका लागि पहिले सारालाई प्रस्ताव गरिए पनि उनले आफ्नो व्यस्त सेड्युललाई देखाएर फिल्म नखेल्ने बताएकी हुन् ।

साराअघि श्रद्धा कपुरलाई फिल्मका लागि प्रस्ताव गरिएको थियो । तर, उनले पनि व्यस्तताका कारण अस्वीकार गरिन् ।

कार्तिकले आफ्नो आधिकारिक एकाउन्टबाट ‘भुलभुलैया २’ को फस्र्ट लुक सेयर गरेका छन् । उनको नयाँ लुक्स देखेर फ्यान उत्सुक छन् ।

फिल्मलाई अनिस बज्मीले निर्देशन गर्दै छन् । यो फिल्मलाई आगामी वर्ष जुलाई ३१ सम्म रिलिज गर्ने लक्ष्य राखिएको छ । तर, श्रद्धा र साराले अस्वीकार गरेको भूमिका कुन अभिनेत्रीले निर्वाह गर्नेछिन्, हेर्न बाँकी नै छ ।

प्रतिक्रिया
सम्बन्धित