१५ कार्तिक २०८३, आइतबार

सिन्धुली कांग्रेसले क्षेत्रीय सभापति र प्रदेश सभापतिहरूको टुंगो लगायाे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २४ भदाै । नेपाली कांग्रेस सिन्धुलीले क्षेत्रीय समिति सभापति र प्रदेश समिति सभापतिहरूको टुंगो लगाएको छ ।

नेपाली कांगेस सिन्धुलीको पार्टी कार्यालय सिन्धुलीमाढीमा बसेको सिन्धुली क्षेत्र नं १ र क्षेत्र नं २ को क्षेत्रिय बैठकले क्षेत्रिय समिति सभापति र प्रदेश समिति सभापतिहरुको टुंगो लगाएको हो ।

बैठकले सिन्धुली निर्वाचन क्षेत्र नं १ क को प्रदेश समिति सभापतिमा शुकदेव कुँवर, ख को सभापतिमा चन्द्रदीप कोइरालालाई चयन गरेको छ।

निर्वाचन क्षेत्र नं २ क को प्रदेश समिति सभापतिमा बोध बिक्रम थापा र ख को सभापतिमा दिलिप रायमाझी सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं १ को सभापतिमा कर्ण बहादुर थापा मगर र क्षेत्र नं २ को सभापतिमा जगत बहादुर भोलन चयन भएका छन् ।

पार्टीको संशोधित बिधान र स्थानीय तहको पुनर्संरचना अनुसार क्षेत्र र प्रदेशका सभापति टुंगो लगाउन सिन्धुलीमा खटिएका केन्द्रीय प्रतिनिधि गणेश कोइराला र जिल्ला सभापति उज्जवल बराल सहितको बैठकले सभापतिहरुको सर्वसम्मत चयन गरेको जिल्ला सचिव कृष्ण प्रसाद दाहालले जानकारी दिए ।