१५ कार्तिक २०८३, आइतबार

हत्या अभियुक्त १८ वर्षपछि प्रकाउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिका-३४ महादेवस्थान बस्ने २० वर्षीय अशोक राईको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भएका ३८ वर्षीय भिमसेन भण्डारीलाई भक्तपुर नगरपालिका-२ स्थित बसपार्कबाट सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

भण्डारी २०५८ साउन ७ गते काठमाडौं महानगरपालिका-३४ महादेबस्थान टोलमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र त्यसपछि लुकिछिपी भक्तपुर जिल्लाको एरियामा अस्थाई सह-चालकको रुपमा विभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको व्यूरोले जनाएको छ ।