४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको १९५ औँ शाखा सुनसरीको कालाबञ्जरमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ भदौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि सुुुुनसरीको बराह क्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जरमा १९५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले उद्घाटन गरे । बैंकको कालाबञ्जर शाखाको उद्घाटन गर्दै खनालले प्रभु बैंकले आफ्नो शाखा कालाबञ्जरमा सञ्चालन ल्याई सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै खनालले प्रभु बैंकको सफलताको कामना गरे ।

बैंकको कालाबञ्जर शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखारहित बैंकिङ तथा १५२ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।