
चितवन, २३ भदौ । देशैभर डेंगुको प्रकोप बढिरहेकाको बेला चितवनका एक समाजसेवी दम्पत्तीले विपन्न, गरिब विरामीहरुको उपचार लागि निःशुल्क रुपमा डेंगु किट उपलब्ध गराएका छन् ।
विभिन्न एक दर्जन व्यवसायमा अब्बल रहेका होटल गंगोत्री, गंगा प्रालि र हंस बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा चितवन गुराँस ईम्भेस्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक दिनेशकुमार चुके र उनको श्रीमती सन्ध्या लक्ष्मी चुकेले संयुक्त रुपमा १ लाख ४० हजार रुपैयाँ मूल्यको ४०० वटा किट उपलब्ध गराएका हुन् ।
जिल्लाको भरतपुर अस्पतालका उपचार गर्न आउने विपन्न विरामीहरुको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेडेन्ट श्रीराम तिवारीलाई हस्तान्तरण गरेका थिए ।
उनले आफू विगत १५ देखि सामाजिक सेवामा सक्रिय रोटरी क्लब चितवनको सहकार्य गरेर सहयोग प्रदान गरेका हुन् । उनी रोटरीमा पिएचएस डाईरेक्टर पब्लीक ईमेज छन् ।
उनले अहिले डेंगुको महामारीको अवस्थामा गुज्रिएको भन्दै गरिब विरामीको निःशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको बताए । उनले सामाजिक रुपमा डेंगु नियन्त्रणका लागि जनता पनि सक्रिय छ भन्ने देखाउँदै सहयोगी मनहरुलाई सहयोग गर्न उत्प्रेरण गराउने अभियानसहित सहयोग गरेको स्पष्ट पारे ।
यस्तै, चितवनका प्रजिअ बस्नेतले चुके दम्पत्तीले सरकारको अभियान जनहितकार्य गरेको भन्दै मनपरी तवरले डेंगु परीक्षणबाट शुल्क लिए कार्वाही गर्ने चेतावनी दिए ।
यस्तै, प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराएका छन् ।
यसैगरी, चुके गणेशधाम संरक्षण सम्र्वद्धन समितिका अध्यक्ष समेत हुन् । उनले हरेक बर्ष विपन्न विद्यार्थीहरुलाई शैक्षिक सहयोगसँगै गरिबहरुलाई सहयोग गर्दै आएका छन् ।












प्रतिक्रिया