
काठमाडौँ, २३ भदौ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।
आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको हो ।
यस्तै, तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ । यसैगरी, चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया