काठमाडाैं, २३ भदाै । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ ।
यो खाता गैर आवासीय नेपालीहरूले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् ।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रितशतको उच्चतम व्याजदर प्राप्त गर्न सकिन्छ ।
सानिमा ल्च्ल् मुद्दती खाता खोल्दा न्यूनतम रकम १०,००० (अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो) हुनुपर्नेछ ।
२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।















प्रतिक्रिया