शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

सलमान खानकाे अमेरिका र क्यानडाकाे कार्यक्रम स्थगित

दैनिक नेपाल २०७६ भदौ २३ गते १०:५१

मुम्बइ । बलिउड अभिनेता सलमान खान यो महिनाको सुरुवातमा क्यानडा र अमेरिका भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।

सलमानले अब अर्को वर्ष अमेरिका र क्यानडाकाे भ्रमण गर्नेछन् । स्रोतले भन्यो, ‘सलमान खान यो कार्यक्रममा गायक कमाल खानसँग जाँदै थिए र मिका सिंहले पनि उनीहरूलाई जोइन गर्दै थिए ।’

गायक मिका सिंहले पाकिस्तानमा प्रस्तुति दिएका कारण विवादमा छाएका थिए । मिकाले निर्मातासँग कुरा गरेर समस्या सुल्झाए पनि यसको चर्चा अझै सेलाएको छैन ।

सलमानको समूहलाई उक्त कार्यक्रमले कस्तो प्रतिक्रिया पाउला भनेर थाहा नभएपछि कार्यक्रम नै रद्द गरेको बताए ।

कामको कुरा गर्ने हो भने सलमान आजकाल ‘दबंग थ्री’ को सुटिङ गरिरहेका छन् । त्यसपछि उनी ‘बिग बस १३’ मा काम सुरु गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित