१५ कार्तिक २०८३, आइतबार

धनुषामा धारिलाे हतियार प्रहार गरी एकजनाको हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २३ भदाै । धनुषामा आइतबार राति एकजनाको हत्या भएको छ ।

मिथिला बिहारी नगरपालिका वडा नम्बर–१० ठेरा टोल बस्ने ६० वर्षका रामवरण शर्मालाई मोटरसाईकलमा आएको अज्ञात समूहले धरिलो हतियार प्रहार गरेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

तारापट्टी बजारबाट घरतर्फ फर्कने क्रममा मिथिला बिहारी नगरपालिका वडा नं. ८ स्थित कचुरीमा हत्या भएको हो । पहेलो रंगको अपाचे मोटरसाइकलमा आएका दुईजनाले उनलाई आक्रमण गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

धरिलो प्रहारबाट गम्भीर घाइते भएका शर्मालाई उपचाकार लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।