१५ कार्तिक २०८३, आइतबार

दैनिक नेपालका नवलपुर सहकर्मी दर्पण एफएमको स्टेशन म्यानेजर नियुक्त

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, २२ भदाै । बिगत डेढ दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार बिजय चालिसे नवलपुरको मध्यबिन्दुस्थित चोरमारामा रहेको दर्पण एफएमको स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । उनी दैनिक नेपालका नवलपुर सहकर्मी पनि हुन् ।

बिजय एफएम गैंडाकोटबाट पत्रकारितामा प्रवेश गरेका चालिसेले सञ्चार क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

नेपालका धेरै रेडियो र केही टेलिभिजनमा समाचारको क्षेत्रमा अनुभव संगालेका पत्रकार चालिसे विगत २ बर्षदेखि पुनः नवलपुरलाई आफ्नो कार्यथलो बनाइरहेका छन् ।

उनले नवलपुरका बिजय एफएमसहित कावासोतीको देबचुली टिभी, मध्यबिन्दु एफएम र सामर्थ्य एफएम लगायतका सञ्चार माध्यममा समेत काम गरिसकेका छन् ।