शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

सुकदेव अधिकारी भन्छन् : कल्ले बोलायो (भिडियोसहित)

दैनिक नेपाल २०७६ भदौ २२ गते १२:२१

काठमाडौँ । सुर्खेती गायक सुकदेव अधिकारी आवाजमा नयाँ गीत बजारमा आएको छ । उनलाई स्वरमा गायिका मेलिना राईले साथ दिएका छन् ।

सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो ‘कल्ले बोलायो’ युट्युबमार्फत सार्वजनिक गरिएको हो।

रुद्र जीएमको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडेल विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहको छ ।

निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दीपक विष्टको रहेको छ ।

गीतको म्युजिक भिडियोलाई भावना म्युजिक सोलुशन प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया
सम्बन्धित