४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २२ भदौ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुुन आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

केहीदिन अघिसम्म निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ । छापावाल सुन प्रतितोला ७३ हजार नाघेकोमा अहिले मूल्य केही घटेको हो।

चाँदीको मूल्यमा भने १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबार ८ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।