शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

डोनल्ड ट्रम्पद्वारा तालिबानसँगको शान्ति सम्झौता भंग

दैनिक नेपाल २०७६ भदौ २२ गते ९:२६

न्युयाेर्क, २२ भदाै । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरेका छन् ।

ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका छन् ।

उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सौद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।

प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो ।

यद्यपि, अमेरिकी राजदूतले सम्झौतामाथि अन्तिम मुहर राष्ट्रपति ट्रम्पले लगाउनु छ भनेका थिए ।

बिहिबार काबुलमा भएको कार बम बिस्फोटपछि तालिबानसँग वार्ता हुँदा पनि अफगानिस्तानमा हिंसा बन्द हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित