६ कार्तिक २०८३, शुक्रबार

छोरी माग्न जाँदा दाउराको भारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २२ भदाै । कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ।

यस्तो प्रथा धार्चे गाउँपालिकाका लापुलगायत सातवटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ।

यसरी गरिएको विवाहमा न लाखौं खर्च, न झन्झट। ‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका-५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ। अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ। केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत पुर्‍याउने चलन छ।

प्रायः बुबाआमाको बिहे छोराछोरीले हेर्दैनन्। तर उत्तरी गोरखाका गुरुङ समुदायमा सन्तान भइसकेपछि विधिवत् रुपमा विवाह गर्ने चलन छ। छेवर हुनुअघि छोराछोरी बोकेर र दाजुभाइ खलकका आठ, दसजना जन्ती लिएर दुलहीको घरमा जाने चलन छ। त्यहाँ जाँदा दुलहीको बुबाआमा, दाजुभाइ खलकका लागि बोकाको फिला, रक्सी र रोटी लग्ने टेकबहादुर गुरुङ बताउँछन्।