१५ कार्तिक २०८३, आइतबार

नेपाली सेनाको गण नजिक महिलाको शव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिबास, २२ भदाै । महोत्तरीको बर्दिबासमा नेपाली सेनाको गण नजिक महिलाको शव भेटिएको छ ।

मध्यपूर्वी पृतना अन्तर्गत कालीसिद्धि गण नजिक महिलाको शव भेटिएको हो । महिलाकाे सनाखत भएकाे छैन ।

करीब ३५ वर्षीय महिलाको शव गण नजिकको सार्वजनिक सडक छेउमा भेटिएको प्रहरीले जनाएकाे छ ।

ती महिलाले बुट्टेदार कालो कुर्ता र कालो सुरुवाल लगाएकी छिन ।

महिलाको अनुहारमा धुलो माटो लागेको, ओठ काटिएको, अनुहार सुन्निएको, बायाँ आँखाबाट रक्तश्राव भएको अवस्थामा शव फेला परेको थियाे ।