१५ कार्तिक २०८३, आइतबार

बुटवलमा डेंगु संक्रमितकाे उपचारका क्रममा मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २२ भदाै । बुटवलमा डेंगु संक्रमित भइ उपचाररत एक महिलाको मृत्यु भएको छ ।

कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो ।

आइसीयुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दैगएको छ । जनस्वाथ्य कार्यालयका अनुसार ७० जनाभन्दा बढीमा संक्रमण देखिएको छ ।

यो विवरण चार वटा अस्पतालमा उपचार गर्नेको मात्रै हो । निजी मेडिकलहरुमा उपचार गराइरहेका कैयौं बिरामीहरु रहेको चिकित्सकहरुले बताएका छन् ।