
झापा, २१ भदौ । ‘बोक्सी’ भन्दै पुन्यूले डामेर यातना दिएपछि झापाको कनकाई नगरपालिका–२ की पीडित महिलाको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको छ ।
एक २२ वर्षीया महिलालाई त्यसरी यातना दिने आरोप लागेका ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार यातना दिएको खुलेको छ, व्यक्तिगत रिसिइबीका कारण पनि यातना दिएको हुन सक्ने आधार फेला परेको छ ।
दर्जीले १९ भदौ राती पौने १ज्ञ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए ।
पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया