बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

कुखुराको भालेले ठुंग्दा महिलाको मृत्यु

दैनिक नेपाल २०७६ भदौ २१ गते १६:३३

काठमाडौं, २१ भदौ । एक ७६ बर्षिया महिलालाई कुखुराको भालेले ठुंग्दा मृत्यु भएको जनाइएको छ ।

सीएनएनको अनलाईन संस्करणका अनुसार अस्ट्रेलियामा यस्तो घटना भएपछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । यसका लागि अनुसन्धान समिति पनि बनेको थियो । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ ।

‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो’, अनुसन्धान समितिको ठहर छ ।

युनिभर्सिटी अफ एडिलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट उक्त समितिमा थिए ।

यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भाले भन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार रहेको समितिले ठहराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित