बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

चन्द्रमा पुग्नुअघि नै भारतीय चन्द्रयान– २ सम्पर्कबाहिर, मोदीको सम्बोधन

दैनिक नेपाल २०७६ भदौ २१ गते १५:३९

काठमाडौं, २१ भदौ । चन्द्रमामा अवतरण हुनु अघि नै भारतले केही साता अघि पठाएको चन्द्रायान–२ सम्पर्कबाहिर रहेको छ ।

चन्द्रमा पठाइएको ‘विक्रम ल्याण्डर’ अवतरण गराउने क्रममा सम्पर्कबाहिर पुगेको थियो । त्यसो भएपछि  प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरी हौसला दिएका छन् ।

अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कबाहिर पुग्नु र लक्ष्य हात नलाग्नुलाई हतासका रुपमा नलिन मोदीले आग्रह गरे ।

‘हामीले चन्द्रमाको सतहमा योजनाअनुरुप टेक्न सकेनौं । तर हाम्रो लक्ष्य र इच्छाशक्ति अझ बलियो भएको छ’, मोदीले भनेका छन् ।

‘मुख्य कुरा यात्रा र प्रयास हो । चन्द्रयान–२ को यात्रा असाधारण रह्यो । यो अभियान अवधिभर देशवासीलाई गर्व महसुस भइरह्यो’ मोदीले भने,‘ विज्ञानमा असफलता भन्ने नै हुँदैन । प्रयोग र प्रयास मात्र हुन्छ । हरेक प्रयोग र प्रयासले असिम क्षमताको ज्ञान दिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित