६ कार्तिक २०८३, शुक्रबार

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदाै । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो ।

‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए ।

राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

‘मलाई यौनसम्बन्धका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी । परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे ।’

प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अश्लील फोटो पठाए । १६ वर्षकी ती किशोरीले जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दिएकी छन् ।