६ कार्तिक २०८३, शुक्रबार

काबुलका नेपाली भन्छन्– ‘सरकार, हामीलाई बचाऊ’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदाै । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए ।

शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् । ‘शुक्रबार प्रार्थनाको दिन भएकाले धेरै सर्वसाधारण विरोधमासहभागी हुन सक्ने र त्योहिंसात्मक हुन सक्ने सूचना आएको छ,’ गार्डा वर्ल्डका सुरक्षा सुपरभाइजर टेकजंगमल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएकोछ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थ्यो,’ उनले भने ।

‘सरकारले जसरी भए पनि हामीलाई घर फिर्ता गर्नुपर्‍यो,’ क्याम्पका जीवनकुमार पाण्डेले बिहीबार राति टेलिफोनमा कान्तिपुरसँग भने, ‘यहाँको अवस्था निकै डरलाग्दो छ । हामी ५८ जनाले फिर्ता हुन्छौं, ड्युटी गर्न सक्दैनौं भनेर राजीनामा दिएका थियौं । तर जबरजस्ती नाइट ड्युटीमा खटाइएको छ । बुधबार रातिदेखि सुतेका छैनौं ।’