४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकमा ई-सेवामार्फत खाता खोल्न सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच यसबैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट÷प्रतिनिधीहरुमार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो वर्षको लागि मोवाईल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ ।

सम्झौतापश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा ई–सेवाको तर्फबाट ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

विकास बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।