४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य आज थोरै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।    
    
नेपाली बजारमा छापावाला सुन आज ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ७३ हजार ५०० थियो ।    

त्यस्तै, तेजाबी सुनको आज मूल्य प्रतितोला ७३ हजार एक सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन  ७३ हजार दुई सयमा कारोवार भएको थियो ।

सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।