
काठमाडौं, १८ भदौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब विकासका लागि ध्यान, दिमाग र ताकत एक्सनमा लगाउनुपर्ने बताएका छन् ।
बुधबार चितवनमा भएको एउटा अन्तक्र्रियाका क्रममा उनले भने,‘जनतामा बेचैनी बढेका कारण एक्सनमा नगई नहुने अवस्था आयो ।’
चितवनमा भरतपुर विमानस्थल विस्तार तथा सुधार गर्न सरोकारवालासँगको कुराकानीका क्रममा अब मिटिङिसिटिङ भन्दा पनि एक्सनमै जानुपर्ने खाँचो औँल्याए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार राष्ट्रिय कार्ययोजनामा राखेर विकासको ठोस योजना अघि सारेकोमा खुसी व्यक्त गर्दै भरतपुर काठमाडौंको वैकल्पिक विमानस्थल बन्न सक्ने बताए ।











प्रतिक्रिया