१२ मंसिर २०८३, शनिबार

मेलम्चीको कथा लेखा समितिमा : सांसदले सुनाए पानी नपाएको दुख

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । प्रतिनिधि सभाको लेखा समितिमा मेलम्ची खानेपानी आयोजनाको अनिश्चिततामाथि आफ्ना दुख पनि सुनाएका छन् ।

खानेपानी मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्य कँडेललाई समितिमा बोलाइएको थियो । सो क्रममा सांसदले मेलम्ची नआउँदा पाएको दुखबारे सुनाए ।

सांसद सूर्य पाठकले आफुले १६ बर्षको उमेरमा मेलम्ची खानेपानी आयोजनाको नाम सुनेको भन्दै अहिले ४४ बर्ष पुग्दा पनि नआएको बताए । उनले भने,‘बास्तविक खर्च र कमिसनलाई कति कति नम्बर दिनुहुन्छ ?’

सांसद पार्वती विशंखेले पानीको दुख भएको सुनाइन् । उनले भनिन्,‘दिनमा ३ वटा पानीको जार किन्नुपर्ने र मासिक ६ हजार ५ सय जारको पानीमा जान्छ ।’

सांसद मिना सुब्बाले भनिन्,‘मिटरबाट हावा मात्रै आउँछ ।’ सांसद प्रेम आलेले मेलम्ची खानेपानी वितरण गर्ने पाइप कम गुणस्तरको रहेको बताए ।