१२ मंसिर २०८३, शनिबार

भारतीय जीपको ठक्करबाट दम्पत्तीको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १८ भदौ । भारतीय नम्बर प्लेटको जीपले बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारु सवार मोटरसाइकललाई ठक्कर दिएको छ ।

घटनामा लु २४ प २८३५ नम्बरको मोटरसाइकल सवार दम्पत्तीको मृत्यु भएको बताइएको छ ।

यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको जीप र चालकलाई मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।