४ कार्तिक २०८३, बुधबार

उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।

मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो ।

तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।

सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री ठप्प भएको महासंघले जनाएको छ ।