१२ मंसिर २०८३, शनिबार

‘फरार’ रहेका कर्णालीका पूर्वमन्त्री खत्री अदालमा उपस्थित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । कर्णाली प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री बुधबार उच्च अदालत पाटन उपस्थित भएका छन् । उनलाई पाटन अदालतले पक्राउ गर्न आदेश दिएको थियो । पूर्वमन्त्री खत्री अदालतको वाणिज्य इजलासमा उपस्थित भएका हुन् ।

अदालतले भदौ १ सम्म खत्रीलाई उपस्थित गराउन प्रहरीलाई भने पनि खत्रीले अदालती म्याद कटाउँदै आएका थिए । अदालतले उनलाई पक्राउ गरेर भए पनि उपस्थित गराउन भनेको थियो ।

यसअघि नै गत साउन ३० मा खत्रीलाई पदबाट बर्खास्त गरिएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनको जिम्मेवारी खिचेर नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेका थिए ।

मन्त्री खत्रीसहितका पाँच जनाले १ करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दामा न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो ।

उनीविरुद्ध फर्जी बैंक ग्यारेन्टी बसेको आरोप लागेको छ ।