१२ मंसिर २०८३, शनिबार

हत्याको ‘सुपारी’ लिनेलाई प्रहरीले घुँडामा गोली ठोक्यो

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । भारतमा बसेर नेपालका व्यापारीसँग फिरौती उठाने, हत्याका लागि सुपारी लिने एक अभियुक्तलाई पर्सा प्रहरीले घुँडामा गोली ठोकेर नियन्त्रणमा लिएको छ ।

अभियुक्त दास र उनका साथबाट बरामद गरिएको पेस्तोल, १७ राउन्ड गोली

हत्या कसुरमा १० बर्ष जेल सजाय भोगरे निस्किएका तर आपराधिक गतिविधि सञ्चालन जारी राखेका सन्तोष दासलाई प्रहरीले वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलिले मंगलबार राती एक राउण्ड गोली हानेर नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले दैनिक नेपाललाई बताए ।

‘दाहिने घुँडामा गोली लागेको छ, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ’ राठौर भन्छन्,‘उनको साथबाट प्रहरीले एउटा टाइप ५४ पिस्तोल त्यसमा लाग्ने १७ राउण्ड गोली र १७० ग्राम ब्राउन सुगर (लागुऔषध) पनि बरामद गरेको छ ।’

दासले पछिल्लो समय भारतमा बस्दै सत्यराज योगीको भेषमा हिड्ने गरेको र आपराधिक काममा सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ‘खोजी सूचीमा रहेका अभियुक्त रहेका थिए, मंगलबार राती प्रहरी नियन्त्रणमा लिन सफल भयो’, एसपी राठौर भन्छन्,‘अपरेशनमा हिँडेको प्रहरीसँगको जम्काभेटमा दासले पिस्तोल देखाएर भाग्न खोजेपछी गोली हानेर नियन्त्रणमा लिइएको हो ।’